FAQs Complain Problems

संक्षिप्त परिचय

 

नेपालको संघिय संरचना अनुसार प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला भित्र पर्ने मायादेवी गाउँपालिका जिल्ला सदरमुकाम भन्दा १० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो गाउ पालिकाले पूर्वमा कपिलवस्तुको शुद्धोधन गाउपालिका, पश्चिममा कपिलवस्तु नगरपालिका र यशोधरा गाउपालिका उत्तरमा बाणगंगा नगरपालिका र दक्षिणमा भारत उत्तर प्रदेशको अलिगढवा पर्दछ ।

मायादेवी गाउँपालिका वि.स. २०७३ सालमा मा गठन भएको हो । यस गाउँपालिका साविकको पकडी, फुलिका, अभिराव, डुमरा, विजुवा, पिपरा, हरनामपुर र बलुहवा गरी कुल ८ गा.वि.स.हरुलाई मिलाएर बनाईएको हो । यस गाउँपालिकाको क्षेत्रफल ८८.५४ बर्ग कि.मी. रहेको छ र पकडीलाई केन्द्र मानि काम कार्यवाही त्यहीवाट संचालन भैरहेको छ ।

राजा शुद्धोधनको राजधानी तिलौराकोटवाट रानी मायादेवी आफ्नो माईत देवदह यही भुमी टेकेर जादै गर्दा लुम्वीनीमा भगवान गौतम बुद्धलाई जन्म दिनु भएको कारण यस गाउँपालिकाको नाम मायादेवी राखिएको हो ।

यो गाउँपालिकाको वडा नं ५ मा पुरातात्विक महत्वको सिसहनियाकोट, वडा नं. ७ करमहवामा कोट लगायत विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु रहेको छ । उर्दु भाषाको महिला कजेज, ब्यवसायिक माछा पालन, ब्यवसायिक गाई पालन, वाख्रा पालन लगायत धान गहु उत्पादनको हिसावले पनि अग्रस्थानमा रहेको छ ।

सिचाईको उचित व्यवस्थापन भएमा यस गाउँपालिकाको मात्र उत्पादनले जिल्लालाई धान्न सक्ने हैसियत राख्दछ ।