FAQs Complain Problems

१ न‍‌ं. वडा ,पकडी

मायादेवी गाउँपालिका अन्तर्गत रहेकाे १ नं. वडा साविकका पकडी गा.वि.स. ९ वटा वडाहरू मिलेर बनेकाे छ । भाैगाेलिक दृष्टिकाेणले याे वडा भैरहवा लुम्विनी राेडसँगा जाेडिएकाे र यसकाे कुल क्षे.फ. जम्मा १३.३ वर्ग कि.मि. रहेकाे छ भने जनसंख्याकाे दृष्टिकाेणले जम्मा ११०२ घरधुरी भएकाे याे वडामा ३५४६ पुरूष र ३७४७ महिला गरी कुल जम्मा ७२९३ जनसंख्या बसाेवास गरिरहेका छन । यसरी जनसंख्याकाे हिसाबले यस गाउँपालिकाकाे सवै भन्दा ठूलाे वडाकाे रूपमा अवस्थित रहेकाे छ  तसर्थ, याे वडा गाउपालिकाकाे केन्द्रकाे रूपमा रहेकाेले गाउँपालिकाकाे कार्यालय पनि यसै वडा अन्तर्गत रहेकाे पकडी चाेक देखि करिब २०० मिटर दक्षिण अलिगढवा राेडकाे पश्चिम तर्फ रहेकाे छ जस्काे Lattitude 27.523553 र Longitude 83.152164 रहेकाे छ । यस वडा अन्तर्गत ४ वटा विकास बैंक, १ वटा इलाका प्रहरी कार्यालय, १ वटा स्वास्थ्य चाैकी तथा बर्थिंग सेन्टर, १ वटा उ.मा.वि विद्दालय लगायत अन्य कयाैं संस्थागत तथा निजी विद्दालयहरू मात्र नभएर बजार सुविधा पनि भएकाेले याे वडा शहरीकरणकाे दृष्टिकाेणले पनि विकसीत रहेकाे छ । यस वडाबाट स्थानीय तहकाे चुनाव २०७९ मा वडा अध्यक्षकाे रूपमा श्री मुहम्मद  इसहाक मुसलमान ज्यू, निर्वाचित हुनुभएकाे छ ।

Population: 
७२९३
Ward Contact Number: 
९८०८७७७१३२