FAQs Complain Problems

४ न‍‌ं. वडा ,पिपरा

यस मायादेवी गाउँपालिका अन्तर्गत रहेकाे ४ नं. वडा साविकका पिपरा गा.वि.स.काे ९ वटा वडाहरू मिलेर बनेकाे छ । भाैगाेलिक दृष्टिकाेणले याे वडा गाउँपालिकाकाे केन्द्रबाट दक्षिण - पश्चिम छिमेकी देश भारतकाे सिमानासँगा जाेडिएकाे छ र गाउँपालिकाकाे कार्यालयबाट करिब ५ कि.मि. काे दुरी रहेकाे छ । यसकाे कुल क्षे.फ. ७.२८ वर्ग कि.मि. छ  जस्काे Lattitude 27.462401 र Longitude 83.114900 रहेकाे छ । जनसंख्याकाे दृष्टिकाेणले याे वडामा जम्मा ७२२ घरधुरी भएकाे याे वडामा २८४७ पुरूष र २८०१ महिला गरी कुल जम्मा ५६४८ जनसंख्या बसाेवास गरिरहेका छन् । यस वडा बाट स्थानीय तहकाे चुनाव २०७९ मा वडा अध्यक्षकाे रूपमा श्री अस्फाक अहमद मुसलमान ज्यू, निर्वाचित हुनुभएकाे छ ।

Population: 
५६४८
Ward Contact Number: 
९८१००८५३२० । ९८११५५१३१६